जन प्रतिनिधिलाई मेरो सुझाव
नेपालमा अहिले भैइरहेको राजनितीक अस्थिरताको कारणले हाम्रा जनप्रतिनिधिहरुलाइ भोट माग्न आउन्न नि एकदमै कठिन अवस्था छ। ५ वर्ष कर्यकालमा बिकाशको नाममा सार्वजनिक जग्गा प्र्लटिङ, खोलामा अवैध रुपमा बालुवा चोरी तथा बाटो निर्माण भएको देखिन्छ। ५ वर्ष मा धेरै विकास भएको देखेर वडा नगर बाशी निकै हर्षित छन।
किसान, मज्दुरी गर्ने का छोरा छोरी काम को शिलशिलामा आज खाडी जान बाध्य छ्न।
नगर तथा वडाका जनप्रतिनिधिलाई मेरो सुझाव:
पहिला आफ्नो पार्टीको घोषण पत्रमा अलि नयाँ बिचार लिएर आउनुहोस।
टोलटोलमा फ्री वाइ फाइ,डाडाको टुप्पोमा भ्यू टावर,रेस्टुरेन्ट खोल्ने एस्तो प्रकारको धारण लिएर चाहिँ अब नजानु होस।
घोषण पत्रमा स्वरोजगारको कार्यक्रमहरु राख्नुहोस,हरेक वडा,नगर वर्ग धर्म जातजातिलाइ समेटेर रोजगारी को अवशर दिलाउने प्रतिज्ञा गर्नुहोस।
बिकाश को पाटोलाइ फराकिलो बनाउनुहोस,शिक्षा स्वास्थ को बिकाशको लागि लगानी गर्नुहोस,तपाइँ को वडा को सामुदायिक बिद्यालयमा भएका कमिकमजोरी हरुलाइ सुधार्नु होस,प्राथमिक स्वास्थ चौकी सुधार केन्द्र आदि को पुर्ण रुपले बिकास गर्नुहोस।
वडामा भएको मठ मन्दिर र यहाँ उत्पादनहुने स्थानीय वस्तुलाइ प्रोत्साहन गर्न कुरा गर्नुहोस।
हरेक महिनाको एक दिन आफ्नो वडाको युवाहरु सङ्ग छलफल गरेर टोल समाजमा परेको समस्याको पहिचान गरि त्यो समस्या को हल निकाल्ने कुरा प्रष्ट पार्नुहोस।
वडा नगर बाशीलाई आफ्नो ठाउँ चिनाउदा गर्व लाग्ने गरेर काम गर्नुहोस।
यति गर्नु भयो भने तपाईलाई भोज भत्तेर ,तालमेल,गठबन्धन केही गर्नै परदैन जनता आफैले तपाइँलाई खोजेर मतदान गर्ने छन।
धन्यवाद ।