मानव सभ्यताको विकास सँगै केही विसँगतीहरु पनि समानान्तर रूपमा विकास हुँदै आएका छन्। कतिपय विसंगतिका विषयहरू कुनै निश्चित प्रयोजनको लागि बनाइएका सामाजिक नियमहरूको अपव्याख्या भएर कुरीति बनेर समाजमा रहि आएका छन् भने कति विषयहरू समाजमा आफ्नो प्रभुत्व जमाउन शक्तिशाली वर्गले शक्तिहीन वर्गलाई दवाउन असामाजिक तरिकाले अपनाइएका तथाकथित नियमहरू अन्धविश्वासको भुमरीले अहिले सम्म पनि लिएर आएको छ। विश्व इतिहास हेर्ने हो भने सामाजिक रूपान्तरणको निम्ति कयौं वर्ग संघर्षहरु भए र हालसम्म पनि भइरहेका छन्। अमेरिकाको अश्वेत आन्दोलन होस् कि रूसी कम्नयुष्ट आन्दोलन होस्, श्रीलंका को गृहयुद्ध होस् या नेपालको माओवादी जनयुद्ध होस् समाज रुपान्तरणका लागि गरिएका संघर्षहरु अझै पूर्ण हुन् सकेका छैनन्। अरिस्टोटल देखि कार्ल मार्क्स लेलिन देखि स्टालिन हुँदै माओसेत्युङ सम्मको विचार र मार्ग दर्शनलाई आधार मानेर अहिले पनि विश्वको धेरै ठाउँमा संघर्ष हरु दिनहुँ भइरहेकै छन्। समाज भनेको एउटा जटिल संरचना हो जहाँ जीवन अस्तित्वको लागि एकले अर्कोलाई सिध्याउन पछि नपर्ने मानवले न्यूनतम साझा स्वार्थ पूर्ति लागि समुह बनाएर बस्ने र साझा शत्रु सँग सामूहिक लड्ने अठोटका साथ निश्चित भूगोलमा कब्जा जमाएका हुन्छन्। यसरी मानव अतिक्रमित भूगोल भित्र पनि मानव बीचमै संघर्ष हुन्छ र श्रोत साधन कब्जा गरि समाजमा आफू शक्तिशाली बन्न लालायित मानवीय स्वभावलाई नियन्त्रण गर्न मानवले नै कयौं सिद्धान्त, नियम रीति बनाएका छन् तैपनि मानवीय स्वभावको प्रतिनिधित्व भई हाल्छ।
युग र समय सँगै संघर्षको रूप पनि परिवर्तन हुँदै आएका छन्, प्राचीन इतिहास नीति युद्ध हुन्थ्यो, १२ औं शतब्दीदेखि १९ औँ शताब्दीसम्म भौतिक युद्ध भए, अहिले कहीँ कहीँ भौतिक र धेरै जसो वैचारिक युद्धको समय छ। समय र काल अनुसार वर्ग शत्रु पनि परिवर्तन हुँदै आएका छन्। समाजको आवश्यकता पनि परिमार्जित हुँदै आएका छन्। पहिले को जस्तो भौतिक अस्तित्वको लागि संघर्ष अहिले नभए पनि आफ्नो मजबूत उपस्थितिका लागि संघर्ष गरिरहेको समाजमा हामी छौं र अहिलेको वर्ग शत्रु भनेको श्रोत र साधन कब्जा गरि सामाजिक असमानता फैलाउने वर्ग हो। श्रोत र साधनको असमान पहुँचले गर्दा सामाजिक द्वन्द बढ्दो छ। अबको सामाजिक रूपान्तरण भनेको श्रोत र साधनको सहज पहुँच नै हो र यसको लागि हरेक नागरिक आर्थिक रूपमा मजबूत हुन् जरुरी छ।
देशको १ प्रतिशत जनसंख्या सँग राज्यको ९०% श्रोत र साधन छ भने ९९ % जनसंख्या सँग मात्र १० % श्रोत र साधन छ। ९० प्रतिशत राज्यको श्रोतको मालिक भएका हरु मोज मस्ति मा रमाइरहेका छन् भने ९९% जनसंख्या राज्यको १०% श्रोत साधनले जीविका चलाइरहेका छ्न।
असमान श्रोत बाँडफाँड ले गर्दा सामाजिक भेदभाव, जातिय कुरीति, धार्मिक अन्धविश्वास जस्तो सामाजिक बेथितिको दलदलमा फसेको छ समाज। आर्थिक विपन्नता ले गर्दा मानिस अनेक प्रलोभन र अन्धविश्वास बढ्दै जान्छ र त्यहीँ बाट शुरू हुन्छ जात, धर्म, प्रथा जस्ता असमानता का हाँगा विँगा हरु। अहिलेको नेपाली समाज पनि यस्तै जन्जाल बाट जेलिएको छ। जातको नाममा शोषित छन् , धर्मको नाममा शोषित छन्, लिङ्ग वर्ण को आधारमा, भूगोलको आधारमा, सुगमता को आधारमा यस्ता कयौं विभेदका आधारहरू तयार छन्। यो सामाजिक विभेदको अन्त्य गरी सामाजिक रूपान्तरण गर्न हरेक नागरिक आर्थिक रुपमा सक्षम हुनै पर्छ। आर्थिक रूपमा मजबूत नागरिकलाई जात, धर्म, रुढीवादी जस्ता कुराले जीवन यापनमा तात्विक फरक पारेको हुँदैन, जो विपन्न छ उनीहरु नै हुन्छन् पीडित, कतिपय पीडक पनि उनीहरुनै हुने गर्दछन्।
अहिलेको परिपेक्षमा सामाजिक रुपान्तरणका निम्ति निम्न बुँदाहरू विश्लेषण गरिएको छ।
१. आर्थिक विपन्नताले थलिएपछि मानिसमा धर्म, भूत प्रेत मा जातमा, पूर्वजन्मको कर्म, आशीर्वाद, सराप जस्ता अन्धविश्वासको सहरा लिन थाल्छन् र सामाजका टाठाबाठाले उहीहरुबाट अनुचित फाइदा लिने र समजमा अत्याचार फैलाउने काम गरिरहेका हुन्छन्। यदि समाजलाई आर्थिक रूपमा मजबूत राख्ने हो भने सबै असमानता आफैं अन्त्य भएर जान्छन्। कथित दलित समुदायको एउटा आर्थिकरुपमा सम्पन्न मानिसले समाजको अपहेलना सहनु पर्दैन जहाँ विपन्न हरुले सहनु पर्छ।
२. प्राविधिक शीप भएका हरु जस्तै सिलाई, बुलाई र निर्माणको काम गर्न जान्ने दक्ष जनशक्तिलाई दलित भनिएको छ, यदि राज्यले शीप विकास र व्यवसायिकरण नीति आलम्बन् गर्ने हो भने सबै भन्दा पहिले आर्थिक प्रगति गर्ने ती नै तथाकथित दलित हरु को बर्षौ देखि पिछडिएका छन् उनीहरू नै चाँडै आर्थिक रूपमा सक्षम भई समाजका अगुवा बन्न सक्छन्, मात्र राज्यले उनीहरूको योग्यतालाई व्यवस्थापन गरिदिए पुग्छ।
३. शिक्षा र स्वास्थ्यको अवसर पाए काम गरेर खाने वर्ग मेहेनत हुने हुनाले समृद्ध हुन समय लाग्दैन, शिक्षा दिक्षा बाट वञ्चित हुन नपरेपछि चेतना विकास भई सामाजिक अत्याचारको अन्त्य गर्न सक्षम हुन्छन्, यसै पनि शिक्षा दिक्षा सम्पन्न भए पछि कुनै समुदायले सजिलै अत्याचार गर्दैन।
४. सामाजिक रुपान्तरणको निमित्त दलित र पिछडिएका वर्गको महिला तथा बालबालिका लाई आत्मनिर्भर र आत्मविश्वास विकास गरिनु पर्दछ ताकि उहीहरुले आफूलाई कमजोर रूपमा स्वीकार नगरुन्। आर्थिक विकासको लागि सामूहिक लगानी, विज्ञ र प्रविधिको अधिकतम प्रयोग गरी हरेक नागरिकलाई रोजगार तथा औद्योगिक मालिक बनाउन जरुरी छ। यसको लगानीको सानो सानो इकाई बनाई पर्यटन, जलविद्युत, कृषि तथा उत्पादनमा सम्पूर्ण नागरिकलाई समाहित गराउन जरुरी छ।
५. सामूहिक लगानी र आम्दानीको हिस्सामा समान हक हुने वातावरण मिलाउनु पर्दछ जसले गर्दा सबै नागरिकको समान हैसियत विकास भई सामाजिक विभेदको अन्त्य हुन्छ। हरेक नागरिकलाई आफ्नो परिवार मात्र होइन आफ्नो समाज, आफ्नो इतिहास आफ्नो अस्तित्व माथि गौरव गर्ने वातावरण बनाउनु पर्दछ, जस्तै सामूहिक यात्रा, भ्रमण, अन्तर्राषट्रिय परिवेश अध्ययन जस्ता विषयमा हरेक नागरिक लाई समान अवसर दिनुपर्छ।
६. हरेक वर्गले पुर्खा देखि गरिआएको पेशालाई आधुनिकीकरण गरी अन्तर्राष्ट्रिय बजारसम्म पहुंच बनाउन राज्यले पहल गर्नु पर्दछ। स्वदेशी कच्चा पदार्थको उत्पादनमा सामजिक पहल गर्नु गराउनु पर्दछ।
८. खाद्य इन्स्योरेन्स, विपत इन्स्योरेन्स स्वास्थ इन्स्योरेन्स जस्ता सामाजिक सुरक्षा कार्यक्रममा सबै नागरिकलाई सहभागी गराउनु, प्रशिक्षण दिनु को साथै परेको बेलामा ती सुरक्षा संयन्त्र कसरी प्रयोग गर्ने भनेर प्रशिक्षित गर्नु पर्दछ।
९. आर्थिक रूपमा सम्पन्न भएपछि समाज आफैं समानताको बाटोमा जाने हुनाले राज्यले सबै नागरिकलाई आर्थिक सवलीकरण गर्नु अहिलेको आवश्यकता हो। नेपालको जनसंख्या धेरै ठूलो पनि छैन, तर प्राकृतिक रूपमा संसारले हेर्ने नेपाललाई विश्वको पहिलो पर्यटन गन्तब्य बनाउनु पर्छ। पर्यटन विकास मात्र गर्ने हो भने पनि ३ करोड जनसंख्या आर्थिक रूपमा आत्म निर्भर हुनेछन्। हाम्रो अध्ययनले पहिलो चरणमा विश्व स्तरीय पर्यन विकास परियोजना सञ्चालन गर्न ३ खर्ब लाग्ने प्रक्षेपण गरेका छौं। यो बजेटलाई रु.१०००/ प्रति इकाइको दरले हरेक नागरिकलाई लगानी गर्न लगाउने हो भने सजिलै लगानी व्यवस्थापन हुन्छ र पहिलो चरणमा करिब १० हजार रोजगारी सिर्जना हुनेछन्। यसको विस्तार योजना अनुसार १० वर्षमा १ लाख रोजगारी सिर्जना हुनेछन् र पर्यटन बजारको आकार वाषिर्क २४ खर्बको हुनेछ। यस्तै हामी कृषि, स्वास्थ र इन्जिनियरिङ क्षेत्रमा पनि सम्भावना भएका छौं। इन्जिनियरिङ, चिकित्सा र saoftware अध्ययनको हब बनाउने धेरै सम्भावना छ। यसरी सम्भाव्यता अध्ययन गरी आयमुलक क्षेत्रमा नागरिकलाई लगानी गराई प्रतिफल दिने व्यवस्था राज्यले मिलाउन सके १० वर्षमा प्रतिव्यक्ति आय उच्च भएको राष्ट्रमा नेपाल पर्छ नै।
११. शहरको विकेन्द्रीकरण गर्नु अहिलेको महत्वपूर्ण कदम हुनेछ। हरेक सहरलाई विशेष शहरको रूपमा जस्तै कुनै मेडिकल सहर, कुनै इन्जिनियरिङ सहर, कुनै प्रविधि सहर, कुनै कमर्स सिटी, कुनै आर्टिस्ट सिटी, कुनै औद्योगिक सहर जस्तै हरेक सहरलाई एक विशेषता सहित स्मार्ट सिटी बनाउने र हरेक नागरिकलाई आर्थिक योद्धा बनाई राष्ट्रनिर्माणको अग्रमोर्चामा समाहित गराई आर्थिक विभेदको अन्त्य गर्न सकिन्छ। आर्थिक विभेद अन्त्य हुने बितिकै अन्य विभेद अन्त्य भएर जान्छ। आज समाजमा जुन पिडा, पीडित, दलित निमुखा देखिएका छन् आर्थिक पहुंच नभएर हो। यहाँ जात, धर्म, समुदायको र वर्गको कुरा गरिन्छ यिनलाई असमानताको कारण मान्ने गरिन्छ, यो गलत छ, असमानताको कारक भनेको आर्थिक विपन्नता र राज्यको श्रोतमा व्यक्ति हावी हुनु हो, सामाजिक रुपान्तरणको लागि आर्थिक क्रान्ति अपरिहार्य छ।