को सबै प्रकाशनहरु Jalan Chhetri । काठमाडौं , संघीय लोकतान्त्रिक ग

Publications
https://avalanches.com/np/kathmandu__300855_20_05_2020

कृषि सम्बन्धि सामान्य ज्ञान्

सम्बन्धि जानकारी

१) एजोलामा ४-६% नाइट्रोजन हुन्छ

२)केरा र मेवा उष्ण प्रदेशिय फलफूल हुन

३)जानकारी

४)अन्नबाली भन्डारण गर्दा 12% भन्दा कम चिस्यान कायम गरेर भन्डारण गर्नुपर्छ!

५)सुन्तला सेलार स्टोरमा र आलु रस्टिक स्टोरमा भण्डारण गरिन्छ !

-६)फलफुल भन्डारण गर्दा 90% RH र 8-10°C तापक्रम उत्तम हुन्छ!

-७)रस्टिक र सेलार स्टोर मध्य तथा उच्च पहाडमा उत्तरी मोहडा भएको ठाउमा बनाइन्छ !

८)सेलार स्टोरमा 3 महिना सम्म भन्डारण गर्न सकिन्छ !

९)भन्डारण गरिएको फलफुलमा 20-30% जति नोक्सान हुन्छ !

१०)थोक तथा खुद्रा व्यापारीले शून्य शक्ति भन्डार (Zero energy store/cold store ) को प्रयोग गर्छन् !

-११)सेलार स्टोर 1500-3000 मि. सम्म बनाउन सकिन्छ !

१२)छिटो बिग्रने वस्तुहरु (माछा , मासु,दूध,गोलभेडा) शन्य शक्ति भण्डारमा 2-3 हप्ता सम्म भण्डारण गर्न सकिन्छ !!

१३)अदुवालाई 5-6 महिनासम्म भन्डारण गर्न सकिन्छ !!

१४)स्याउ/सुन्तला भन्डारण गर्ने ठाउँलाई सेलार स्टोर भनिन्छ !

१५)बाली भित्र्याइ सकेपछी हुने क्षतिको विवरण

(post harvest loss )

तरकारी 25%

फलफुल 20%

आलु बीउ 32%

बन्दा 15.8%

काउली 12.2%

अदुवा 5-10%

खाद्यान्न 20(10-30)%

गोल्भिंडा 22.3%


१६)केही फलफुल का प्रचलित जात हरु

1) आँप

दशहरी,माल्दह,कलकत्तिया,बम्बैगृन ,आम्रापाली,निलम,अलफान्सो,गोपालभोग,बम्बै,एलो,चौसा,सिपिया,अम्बे ह्यात

2) लिची

बेदना,बादसाह,अर्लि बेदना,मजफपुरशाही,कलकत्तिया

3) एभोकाडो

ह्यास,इथिन्जर,फुएटस,टोपाटोपा,ग्वाटेमाला,रिड

4) अम्बा

इलाहाबाद,सफेदा,सिडलेस,के जि 1, लखनउ 49, रेड लफेक्स

5) अनार

सिन्दुरिया, मृदुला ,गणेश ,कान्धारी, रेडब्युटि

१७)जीवनाशक बीषको सूत्रीकरण

जीवनाशक विषादीका ३ अंगहरु हुन्छन् ।

-सक्रिय अंश, सहायक अंश, तनुकारक( diluents)


केही सूत्रीकरणहरु

- Emulsifiable concentrate EC ( दुधिलो सार)

- Wettable powder WP (पानीमा मिसाउने पाउडर)

- Dispersible powder DP (धुलो )

-Encapsulated granule CG(दाना)

- Capsule suspension CS(झोल)

- Water soluble powder SP( पानीमा घोलिने पाउडर)

- Water dispersible granule(पानीमा मिसिने दाना)

- Baits( चारा)


- नेपालमा प्रयोग हुने प्रमुख ३ EC, WP र DP हुन्

१८)जग्गा मापन सम्बन्धि केही जानकारी

क्षेत्रफल

*१ हेक्टर = १०,००० बर्गमिटर

=२.४७ एकड

=१.४८ बिघा

=१९.६६ रोपनि

=३० कठ्ठा

*१ रोपनि=५४७६बर्गमिटर

=५०८.५बर्गमिटर

=१६आना

१ आना =१६ दाम


*१ धुर = १८२.२५ बर्गफिट

*१ कठ्ठा =२० धुर

* १ बिघा =२० कठ्ठा

=१३.३१ रोपनि

*१ एकड =०.४ हेक्टर

=४३५६० बर्गफिट

=८ रोपनि


*१ दाम=४ पैसा


१९)विश्व स्वास्थ संगठन ले गरेको बिसादिको वर्गीकरण


जिबनाशक बिसादिको बिसालु पनको तुलनात्मक वर्गीकरण( WHO2009)


1)अत्यन्त खतरानाक -Ia रातो रंग भएको

2)खतरानाक Ibपहेलो रंग भएको

3)मध्यम रुपले खतरानाक - IIनिलो रंग भएको

4)सामान्य रुपले खतरानाक -IIIहरियो रंग भएको

5)अपेक्षाकृत सुरक्षि -U संकेत रहित


संकलन :- Jalan Budha Chhetri


२०)मलखाद सम्बन्धि जानकारी

१ के जि नाइट्रोजन= ४.८ किलो चिनी मल=२.२ के जि युरिया मल

१के जि फस्फोरस=६.३ के जि सिङ्गल सुपर फस्फेट२.२ के जि टृपल सुपर फस्फेट

१ के जि पोटास=१.७ के जि म्युरेट अफ पोटास=२.१के जि सल्फेट अफ पोटास

२१)नेपालमा धान खेतीबारे केही जानकारी :

नेपालमा कुल खेती गरिएको क्षेत्रफलमा ६०% मा खाधान्न बाली लगाइन्छ ।

खेतीयोग्य जमिनको सबैभन्दा धेरै (५५%) धानले ओगटेको छ ।

कूल धान खेतीको ५६% मा उन्नत जातको धान लगाइन्छ ।

तराईमा ७५% जग्गामा धान लगाइन्छ भने उच्च पहाडी क्षेत्रमा २% जग्गामा मात्रै धान लगाइन्छ ।

२२)सघन धान उत्पादन प्रविधी system of rice intensification (SRI) का मुख्य सिद्धान्तहरु


१. कलिलो बेर्नाको प्रयोग (८-१५ दिनको)

२. एक ठाउँमा एउटामात्र बेर्ना रोप्ने

३. बेर्नालाई २५-३० से. मी. को फरकमा रोप्ने

४. धानमा पानी कम लगाउने

५. गोठे मल वा कम्पोस्ट मल बढी प्रयोग गर्ने


२३)नेपालमा प्रचलित बिउका किसिम:

१. प्रजनन बीउ(Breeder seed)

- सुनौलो पहेँलो रङ्गको ट्याग

- वंशानुगत शुदध्ता ९९.९%


२. मूल बिउ (Foundation seed)

- सेतो रङ्गको ट्याग

- वंशानुगत शुदध्ता ९९%


३. प्रमाणित बिउ (Certified seed)

- निलो ट्याग (पहिलो पुस्ता)

- वंशानुगत शुदध्ता ९८%

- प्रमाणित बिउ द्वितीय पुस्ता बीउ विजन नियमावली २०६४ मा हटाइएको छ । यसको ट्याग हरियो रङ्गको हुन्छ भने वंशानुगत शुदध्ता ९७% कायम गरिएको हुन्छ ।


४. उन्नत बीउ (Improved seed)

- पहेँलो रङ्गको ट्याग

- क्षे.बी.वि.प्र. ले नियम अनुसार निरीक्षण र अध्यन गरे पनि गुणस्तर सुचिपत्र लगाइएको हुदैन।


२४)केही बाली हरु र तिनको बीउ प्रमाणिकरणको लागि चाहिने पृथकता दुरि(मिटरमा) :-


बाली मुल बीउ प्रमाणित बिउ

धान,गहु ३ ३

मकै ३०० २००

चना २० १०

मसुरो १० १०

भटमास ३ ३

बदाम ३ ३

रायो,तोरी १६०० १०००


मुल बीउ(foundation/basic seed)

प्रमाणित बीउ(certified seed)

२५)एमोनियमयुक्त मलले माटोको अम्लियपन बढाउछ

२६)विश्व बाताबरण दिबश जुन ५ मा मनाइन्छ

२७)अम्लिय माटोमा लगाउन सकिने प्रमुख बालिहरु

क) फापर

ख)बदाम

ग)आलु

घ)कफि

ङ )चिया

च)नेपियर घास

३८) धेरै अम्लिय माटोमा क्यालसियम र फस्फोरस तत्वको कमि हुन्छ

Jalan budha Chhetri

कृषि प्राबिधिक

Show more
0
346
https://avalanches.com/np/kathmandu__300852_20_05_2020

पोखरिका प्रकार

1. भुरा हुर्काउने पोखरी(nursery pound)

-क्षेत्रफल =333-500बर्गमिटर

-गहिरो=0.8-1म

-पालिने अबधी=1महिना

-कैफियत =1 लाख भुरा राख्न ससकिने

2.ठुला भुरा हुर्काउने पोखरी(rearing pond )

-क्षेत्रफल =500-1000बर्गामिटर

-गहिरो=1.5-2मिटर

पालिने अबधी=2-3महिना

कैफियत =12हजार राख्न मिल्ने

3.उत्पादन पोखरी(production pond)

-क्षेत्रफल=2000-4000बर्गमिटर

-गहिरो=1.5-2मिटर

-पालिने अबधि =ठुला हुनजेल सम्म

-कैफियत 300-500राख्न सकिने

4.माउ माछा पोखरी (brood stock pond)

-क्षेत्रफल =2000-4000बर्गमिटर

-गहिरो=1.5-2मिटर

-कैफियत =प्रजननयोग्य माउ माछा

5.प्रजनन पोखरी(breeding pond )

-क्षेत्रफल =5-10बर्गमिटर

गहिरो=0.8-1मिटर

पालिने अबधी=प्रजनन समय

कैफियत =प्रजननको लागि उपयोग गरिने

6.ह्यचलिङ पोखरी (hatching pit )

-क्षेत्रफल =3-6बर्गमिटर

-गहिरो-0.75म

-कैफियत =भुरा ह्याचिङ गराउनको लागि उपयोग

7.बहुउद्देश्यीय पोखरी(multipurpose tank )

-क्षेत्रफल =50-100बर्गमिटर

- गहिरो =1 मिटर

संकलन jalan budha Chhetri


Show more
0
89
https://avalanches.com/np/kathmandu__300851_20_05_2020

नीति नियम र नारामा प्राथमिकतामा परेको कृषि क्षेत्र

करिब सयौं बर्स अघि देखि कृषिप्रधान देश नेपालको कृषि क्षेत्र बिस्वका केहि देशहरूमा खाद्यान्न बाली,तेल बाली,र तरकारी बाली निर्यात गर्दथ्यो!बि स २०६३ साल देखि कृषि प्रधानदेश नेपाल जहाका 75% जनता कृषि कर्म गर्छन 63% जनता कृषि पेशमा सङ्लग्न छन तर बिदेशबाट खाद्यान्न बाली तरकारी बाली फलफूल बाली आयत गरिन्छ !

कृषि बिकास र परिबर्तनको नाममा विभिन्न नीति नियम रणनीति दस्तावेजहरु बने हरेक नारामा कृषि लाई पहिलो प्राथमिकतामा राखियो!तर बिडम्बना भन्नू पर्छ सबै कुरा दस्तावेज मै सिमित भएर कुनै कर्मचारी कुनै मन्त्रीको दराजमा थन्किएर ढमिरा लागिसक्यो होला! कार्यनयन गर्न नसक्ने र नहुने नितिनियम किन बनाउने यो त वास्तविक कृषि कर्म गर्ने किसान हरुलाइ झुक्याएर दलाली गरेको जस्तै भयन र! प्रत्येक बर्स अरबौ बजेट कृषि क्षेत्र बिकास र परिवर्तनको लागि भनेर छुट्टाएर खर्च गरिन्छ तर प्रतिफल के भयो न त्यसको सहि मुल्यांकन भयो न लक्षित बर्गले प्राप्त गर्यो! त्यसको खोजिनिती गर्नु पर्छ कि पर्दैन! 40/50 बर्सको लगानी हेर्ने हो भने कृषि क्षेत्र र कृषि कर्म गर्ने कृषक जहाको त्यही तर ती कार्यक्रम बनाउने कार्यान्वयन गर्ने मान्छेले कसरी महल बनाएर बसिरहेका छन छानबिन गर्न आबस्यक छ!

कृषिमा आधुनिकिकरण भन्ने नारा सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ल्याइयो जसले राखेको उद्देश्य लक्षय र प्रतिबद्धता पूरा भए वा भएनन त्यसको पनि कुनै छानबिन गरिएको छैन!जोन सुप्पर जोन नामका मात्र भएका छन कुनै परिबर्तन भएको छैनन बस परिवर्तन भएको छ त आफ्ना आफन्त लाई रोजगारी भएको छ! व्यापक अनियमिता भएको छ अनुदानका नाममा ! बाकी बिस्तारै

Show more
0
110
Show more