सबै प्रयोगकर्ता पोस्टहरू SAGAR SAPKOTA । पोखरा , संघीय लोकतान्त्रिक ग

https://avalanches.com/np/pokhara__1897239_08_09_2021

पहिलो नजरको माया

मैले उन्लाइ देख्दको पल, मुसुक्क मुस्कुराएर मलाइ गिजाए जस्तै गरि उन्को बाटो लागिन। न उनलाइ चिनेको थिए न उनको कुनै कुरा थाहानै थियो। मेरो मनमा उन्लाइ कसरी खोज्ने अनि उन्को बारे कसरी थाहा पाउने भन्ने कौतोहल्ता जागि सकेको थियो। उनी गएको बाटो धेरै बेर हेरि रहे, फर्केर आउछीन अनि अफ्नो बारे बताउछिन भन्ने आसमा तर आफू ले चाहेको या येस्तो होस भनी सोचेको कुरा पूरा नहुने रैछ। म निरस हुँदै घर फर्किए तर उन्को त्यो अनुहार मेरो आँखा अगाडी घुमी रहेकै थियो। कहिले नचिनेको मान्छे अनि नबोलेको मान्छेको यादले पनि येसरी तड्पाउने रैछ बल्ल थाहा पाउदै थिए। मलाइ त्यो रात निन्द्रा लगेन, तर उनि मेरो सम्झनामा बसि रहिन। येत्तिकै बिहन भयो अनि मेरा साना कामहरु सकेर म उ हिजो छुटेको ठाँउमा गएर बसे उ आउँछकी भन्ने आसमा। हिजो छुटेकि उसलाइ आज मेरो अगाडि देखि रहेको थिए, हिजो भन्दा सुन्दर अनि मोहित

पार्ने रुपमा। उ जति नजिक आउदै थि मेरो मुटुको धड्कन तेति नै जोडके धड्किदै थियो। म भन्दा थोरै दुरिमा टक्क उभिएर बसि रहि, सायद उस्लाइ पनि म संग केही कुरा गर्ने मन थियो या मैले उ संग केही कुरा गरुँ भन्ने उस्ले सोचेकी थिइ। मलाइ के बोल्ने, के कुरा निकल्ने, कसरी कुरा सुरु गर्ने भन्ने बारे केही थाहा थिएन तेहि पनि बोल्ने कोसिस गरे।

म: हाइ! सन्चै हुनुहुन्छ?

उ (अल्लि डराए जस्तै गरि): अ..... म ठिक छु, हजुरको भन्नुस।

म: म पनि ठिकै छु भन्नू पर्ला....

येति सम्बाद पछि केही मौनता छाही रहयो। मलाइ केही बोल्न आएन अनि अलि डराएको पनि थिय र उस्लाइ पनि तेस्तै नै भयो कि जस्तो लाग्यो मलाइ। सम्बाद गर्ने धेरै कुरा हरु थिए तैपनि म लाटो पो हुम कि जस्तो लाग्यो। येत्तिकै मा

उ: हजुर सधै येहि ठाँउमा बस्नु हुन्छ हो?

म हिजो पहिलो चोटी यस ठाँउमा आएको थिए अनि भाग्य ले भनौ या के, उस्लाइ देखे। तैपनी के भनौ भनेर अग्मगिए र भने

म: होइन, कहिले काहीँ मात्र आउँछु यहाँ। तर जहिले आउँछु आनन्द लग्छ यस ठाँउ मा बस्न। किन र?

बोल्न नजान्ने म येति लामो वाक्य कसरी बोले भन्दै मन मनै हासे। येत्तिकै मा उस्को जवाफ

उ: येत्तिकै हो, हजुरलाई कहिलै देखेको थिइन येहा। म सधौ अफिस जने बाटो हो यो।

म उसलाइ इम्प्रेस पार्नको लागि झुट बोले अनि भने

म: म कहिलेकाही साथीहरू संग यहाँ आएर बस्दा तिम्लाइ देखि रहन्थे, बोल्ने कोसिस गर्थे तर नराम्रो सोच्छौ कि भनी बोलिन। तिम्ले मसंग बोल्न आएको कारण ?


मेरो त्यो प्रश्नले उस्लाइ अफ्ट्यारोमा पार्योकी जस्तो लग्यो। उस्को अनुहरको भब नै परिवर्तन भएको महसुस गरे। आफुलाइ मन मनमा गाली पनि गरे अनि पछुतो पनि भयो। तर उस्ले मेरो प्रश्नको जवफ दिदै भनी

उ: हजुरलाई यो ठाउमा नदेखे पनि हजुरको कलेज देखी हजुरलाइ चिन्छु ।


येति भनेर उ मुस्कुराउदै तेस ठाँउ बाट उठेर गै...... अनि मलाइ कसरी चिनी त उस्ले भन्ने खुल्दुली मा पारेर गै। हिजो पहिलो चोटि देख्दा उस्को मुहार सम्झी निन्द्रा लागेको थिएन र आज उस्ले खोलेको सानो रहस्यले निन्द्रा लाग्ने वाला थिएन..............

to be continued ............

Show more
0
11