Weather for nearby cities
World news of the Pākistān
Other News Pakistan
سرینا کوئٹا ہوٹل میں ایک شدید بم دھماکا
واقعے کے نتیجے میں ، تین افراد ہلاک اور نو زخمی ہوئے۔
دھماکے کے بعد متعدد کاروں کو آگ لگ گئی۔ زخمیوں کی حالت تشویشناک ہے۔
پاکستانی وزیر داخلہ شیخ رشید احمد نے بتایا کہ چینی سفیر ہوٹل میں قیام پذیر تھے ، لیکن دھماکے کے وقت وہ موجود نہیں تھے۔
Other world news
अघिल्लो दिन सांझ सम्म पनि शरीर निकै फुर्तिलै थियो!दिन भरी काम गरेर थाकेको भए पनि मलाई मेरो शरिरमा कहिं कतै त्यस्तो आलस्यताको महसुस भएकै थिएन तर बिहान उठ्दा शरीर अचानकले तातो भएको हो कि जस्तो माने!तातो त सुतेर उठेको शरिर यसै तातो हुंन्छन अक्सर तर यो तातो मलाई अक्सर तातेको शरीरको तापक्रम भन्दा थोरै भिन्न हो कि जस्तो लाग्यो।मसान्तको दिन अफिसमा निकै भिड हुंन्छन हमेसा त्यस माथी बर्षको अन्तिम दिन "पुराना कुराले नयाँ कुराहरुलाई समाउंदै गरेको समय" नयां कुराहरुले पुराना कुराहरुलाई छोडदै गरेका बेला"!मेरो शरीर जतिनै तातो भएको भए पनि अफिसको काम सक्नु पर्ने कुरा सम्झिए पछि फेरि चिसो भएर आयो कम्तिमा मेरा मन्सपटका केही हिस्साहरुमा कतै चिसो बतासले हिर्कायो जत्तिकै बनायो।नबनावोस पनि किन गाउँ भरीका मानिसहरुको हर हिसाब जो टेबलमा पसारिएका थिए त्यत्तिकै कोहि ब्याज तिर्ने छन कोहि रिण खांने छन कोहि लालपुर्जाका प्रतिलिपी समाएर पालो पर्खी रहेछन।कागजले बोलेर बोल्दिने भए देखि अघिल्लो दिन देखिकै मलाई छिटो सक भनेको हुंन्थ्यो होला हिज नभए पनि आज त अबेर नगर भनी रहेकै छन पक्कै!बिहान हतार हतारले दुई गास भात टिपेर म अफिस हांनिए।गर्मी भर्खर सुरु गर्दै गरेको दिंन,जाडो भर्खर सकिंदै गरेको मौसम मलाई कोठा बाहिर केही जाडो छ जस्तो पनि लाग्यो केहि लागेन पनि फटाफट एउटा बाक्लो टिसर्ट उनेर म फटाफट अफिस पुंगे।मानिसका चाङ्ग कागजका चांङ चांङ्गैचांङ बिहान भरी दिन भरी सांझ ज्वरोले फेरि च्याप्यो कसरी च्याप्यो भने थर्ममिटरले 104 देखाउन सक्ने भएछ। मानिसलाई सप्पै कुराले पुगेको भए पनि खांन पर्ने कुराले कहिल्यै पुग्दैन रहेछ! मानिसलाई सप्पै कुराले पुगेको भए पनि काम गर्न परेको कुराले पनि कहिले नपुग्दो रहेछ।काम केबल काम मात्रै होइन जीवन अल्झ्याउंने अड्याउने माध्यम हुुंन मानिसका!काम काम मात्रै होइन समय बिताउंने र समय कटाउंने मेसो हो मानिसका।जीवन कटेन भने जीवन सकिदैनन जीवन सकिएनन भने मृत्यु नजिकैको हुंनै पाईदैन।ज्वरो भएरै पनि म बिहान अफिस पुगेँ दिन भरी कामको चापले च्यापेको ज्वरो मैले थर्ममिटरले 104 भन्दिए पछि बल्ल थाहा पाएं।काममा निस्कनु पर्ने मेरो बाध्यता पनि थियो यस्तो बाध्यता जो मैले समाज प्रती निभाउंनु परेको छ।म हुं र छु भन्ने मेरा अस्तित्वहरु सामाज भरी पुर्याउनु परेको छ।शुन्य जिवन शुन्य नै हुंन्छन आखीर कतै हराए जस्तै कतै ओझेल परे जस्तै।बाध्यता मेरो यो पनि हो मैले बिर्सनु हुंदैन जागीरले मेरो घर अडिएको छ, मेरा सपना सजिएका नहोलान तर सपनाहरुमा मलजल भर्दिने मेसो पक्कै गरेको छ।सानो बालखा दूध नभई भातै खांदैन।बुढा शशुरा बाहिर फेर निस्कनु पुर्ब एक गिलास चिया खोज्छ्न शाशु आमालाई भकारोको गोबर गनाएन भने भात खाए जस्तै लाग्दैनन बिचरी म भन्दा सानो उमेर देखि भैसि गोठको धन्नामा भिजेकाले होला बुढिमाउलाई जीवन भनेको गोठ भनेको जस्तै लागि रहन्छ्न।मेरो बाध्यता यिनै कुराहरु वरपर घुमीरहेछन दूध चिनि च्यापती अनि उहांको अभिछिन्न मनोकामनाका चांङ्गहरुमा!सांझ ज्वरोले ब्यस्सरी च्याप्यो।दुईटा सिटामोल म पालिका खाममा सधै सिउरी रहन्छु बुढाबुढी बस्ने घर त्यस माथी मसिना भुराहरु छन ज्वरो त गरिबको घर भित्र ओछ्यान मै पल्टी रहने हुंन्छ्न के मिल्दैन मिल्दैन हाम्रा पसिनाको गन्धहरुको संङ्ग दुख बिमारका कुराका कुनै तालमेल नै मिलिरहदैन ज्वरो बढे पछि मैले त्यै सिटामोल सम्झिए एउटा सिटामोल भात खानु अघि खाई दिए अर्को सुत्ने बेलामा राती चिटचिट पसिना छुटेछन म ब्युँझिए पनि एक गिलास पानी पिएर फेरि पल्टिए बिहान फेरि शरिर त्यसरीनै ताती रहेका!कोरोना कहरले संसारलाई समाएको बर्ष दिन बित्यो मैले हामिलाई कोरोना संक्रमण होला जस्तो मान्दै मानिन।गाउंको घर त्यस माथी शहरी दुनियाँ सङ्ग दुर दुर तक कुनै साइनो र सम्बन्ध नै नभएको ठाउँ कोरोना सुरु भए देखी नै मैले कोरोनाको डर र त्रासमा समय बिताउनु परेन!गरिने काम गरि रहेकै थिएँ हुंने कुराहरु भईरहेकै थिए आवश्यकताले थिए या बाध्यताले थिए तर अफिस चलेकै थियो काम भएकै थिए।दुईवटा सिटामोलले पनि ज्वरो नघटेको महसुस गरे पछि बिहान एक फेर मनमा चिसो पस्यो!मलाई कोरोना भयो भने त बुढा शाशु शशुरा र मेरा कलिला बचेराहरु सोत्तर हुंन्छन।
यस्ता बिरलै मानिसहरु भेटीन्छन जगतमा जो डराउंदैनन रोगले शोकले खल्तिले पेटले यस्ता निकै थोरै मानिसहरु हुँन्छन लोकमा जो संङ्ग भय र त्राशका कुराहरु हुँदै हुंदैनन।डराउंदिन भनें पनि जिवनको पाटोहरु यसरी आउँछ मानिसमा कि उ डर सङ्ग नडराएर रहनै सक्दैनन।भोलि के होला! यो डर हो एउटा !भोलीको चिन्ता एउटा त्रास हो !अब के हुंन्छ! एउटा भय हो जो मानिसले आफुँ सङ्गै बोकेर हिंडिरहन्छ।आशाहरु भत्किन्छन कि त!एउटा डर हो अभिलाषा तुइएलान! एउटा भय म मर्छु पनि डर म बांच्दिंन पनि डर समय बित्यो अबेर भयो एउटा त्रास समय बितेन सक्किदैं सक्किएन अर्को भय।ज्वरो घट्दै नघट्नु मेरो लागि त्यस्तै डर बन्यो जस्तो डरले डराएर मानिस हडबाउंछ आत्तिन्छ कहिलेकाहीँ निकै बहकिएर चिच्याउंछ कराउंछ पनि अलिकति।कोरोना आजको मितिमा रोग मात्रै होइन समाजमा मानिसले सुन्न बुझ्न हेर्न र देख्नै नखोजेको बिषय बनेको छ मेरो डरले कोरोना मात्रै देखेन मेरा अबोध बालखाहरु देख्यो बूढो परिवार छिप्पिदै गरेका हाम्रा जिन्दगीका सुमधुर पलहरु पनि देख्यो।मलाई कोरोना भयो भने के होला?म मर्छु यो त सामान्य कुरा हुंन मलाई मर्न डर लाग्दैनन त्यस पछि जस पछि म आफै आमा बनेंको थिए।छोरी पेटमा छंदा मलाइ निकै पटक मर्छु होला जस्तो लाग्थ्यो भर्खरको उमेर भर्खर भर्खर आफैले छोरी बनेर पढेका अध्याएहरु सक्दै सकेको थिईन आफैं आमा बनेर उभिनु परेको किस्सा अलगै भय र त्रासको बिषय थियो।नानी जन्मिए पछि मलाई सजिलै मरिदैन रहेछ जस्तो लाग्यो अनि बाबू भए पछि बांच्न निकै पर्दो रहेछ जीवन सिध्याउंन त जस्तो।कोरोनाको डर म देखि सुरु भएका मेरा सन्ततीहरुमा पनि पुग्लाकि भन्ने भयो माँउ बेगरको कुन पाठो हिड्छ माउं बेगरको कुन पाठो बस्छ बोल्छ खेल्छ खान्छ सुत्छ उठ्छ कुद्छ र मेरा कुदुन मलाई कोरोना भयो भनें त मेरा बचेराहरु गुणको गुणैमा सकिन्छन जस्तो लाग्यो।डर त मलाई म बाची रहन परेका कुराहरुमा पनि लाग्छन कहिलेकाही जीवन थाकेको हारेको जीवनसङ बेखुसी भएको अनुभुतिमा हराएका बेला जीवन देखि नै डर लाग्छन कोरोना के नै ठूलो बिषय भयो र।ज्वरोले छाड्दै नछोडे पछि नानिका बा ले एम्बुलेन्स डाकेछन म होसमा नभएको कुरा उन्ले उन्को होस थमाएरै थाहा पाएछन बिहान सबेरै आंगनको डिलमा एम्बुलेन्स अडिएछ त्यस पछिका समय मैले मलाई अस्पतालमा पाएं सेलेन पानीको डिब्बा र तिखा सुईहरुले घोचिएको अवस्थामा।होस खुले पछि स्वाब टेस्ट गरियो सांझ रिपोर्ट पोजेटिभ आएको खबर लिगेर त्यै होस थामी रहेका मानिस आएर मेरा नजिकै अडिए!मलाई झम्टिएर रुन मन लागे तर मिलेन।कोरोना रोग मात्रै होइन मानिस मानिस बिचका भावनात्मक दुरिहरुलाई पर धकल्न सक्ने धारिलो हतियार पनि हो कोरोना केबल रोग मात्रै होइन आजको मितिमा मानिस भित्रको मानबियता तौंलने यन्त्र पनि हो धन्न मलाई सजिलो यसरी भयो मैले अस्पतालको शैयामा क्वारेन्टाइनका समयहरु बिताउंनु परेन सेल्फ आईसोलेसनको सुझाब र निर्देश्नन दिएर डाक्टरहरले मलाई घर पुग्ने अनुमती दिदिए।नेपाल जत्तिको मुलुकलाई कोरोनाको त्रास थपिनु नेपाल मुलुकका लागि निकै ठुलो दुर्भाग्यका कुरा मान्नु पर्छ।सिमित श्रोत साधनले असीमित कुराहरु टाल्दै पोत्दै लिप्दै गरिबले एक गास खाएर तीन गासको मानो र छाक निर्बाह गर्न परेको जस्तो थोरै कुराले धेरै कुरा पुर्याउन परेको छ।कोरोना फैलिएसङ्गै अस्पतालहरु आफैंमा बिरामी परे बिमारी जांच्ने डाक्टर आफैं अस्पतालका शैयामा थला परे ओखती मुलो त परिका कथामा जसरी कसैले ल्याई दिएला र खाईएला जत्तिकै भएका बेलामा होम आईसोलेसन राम्रो बिकल्प हो हामिहरु जस्ताको लागि।कत्ती बिरामी अस्पतामा यसै छटपटाएर जिवनको अन्तिम सास फेरेका छन होम आईसोलेसनको अबधारणालाई मर्यादित र अनुशासित भएर पालना गरि दिने हो भने हाम्रो जस्तो मुलुकले कोरोना कहरबाट धेरै क्षती ब्यव्हर्न पर्दैन पनि थियो होला सायद।रिपोर्ट आएकै दिन हामी घर फर्किएउं म आफू मेरो जन्म घरै बस्ने भएं बुवा ले यस्तै सल्लाह गर्नु भएछ उहां सङ्ग घर म घर पुग्दिने हो भने घरकालाई जोखिम देखिने भयो ससुरा बुढा छन सासू उस्तै उमेरकि भुराहरु पट्टक्कै मान्दैनन मेरा छेउछाउ नपर्न बुवाको कुरा मलाई मुनासीब नै लाग्यो!
अस्पताल पुगेको भोली पल्टै स्वाब टेस्टको रिपोर्ट आई पुगेकाले हामीलाई दोस्रो दिन अस्पताल बस्नु परेन एम्बुलेन्सको जोहो गरेर हामी सिधै घर फर्किएउ।म सङ्ग अस्पताल जांने मध्यकि मेरि आमा पनि हुनुहुन्थ्यो आमाले बुवालाई हामी आउंदै गरेको कुरा फोनबाटै भन्नु भयो र बुवालाई मेरो क्वारेन्टाइन बस्ने कोठा तयार गर्दिन अर्हाउनु भयो।आमा नपुग्ने ठाउं कहाँ थियो होला र अस्पताल भई दियोस मलाई म सङ्ग को को हुंनुहुन्छ अस्पतालमा निकै अबेर थाहा लागेको कुरा थियो कति अबेर भने ज्वरोले छोडे पछि पाखुराको एउटा हिस्सामा कतै केहिले घोचेको जस्तो लाग्यो र टाउको उठाएर नियाल्दा आमाले नानी भनेको सुंने।अस्पतालको प्रक्रिया सकाएर सांझ हामी घर हिड्यौ।टांडी बजार कटे देखि नै आमाले एम्बुलेन्स चालकलाई हामी ओर्लने ठेगाना भन्दै हुंनुहुंन्थ्यो अब बिस्तारै चलाउंनु होला बाबू हाम्रो घर यतै नजिकै पर्छ फेरि पल्तिर पुगिएला!आमाले पल्तिर पुगिएला भनेका चाहिं डरले हो बिरामि बोक्न बसेको एम्बुलेन्सले अस्पताल छंदा मलाई कोरोना भएको छ भन्ने थाहा पाए पछि मलाई बोक्न अनकनाएका थिए एक दुई एम्बुलेन्सले मन परि भाडा भनी रहेका पनि थिए।बिरामि केबल बिरामी हुंनुपर्ने थियो हाम्रा शरीरमा लागेका रोगका आधारले सहुलियत र सुबिधाका कुराहरु हेरिनु हुंदैन्थ्यो।एम्बुलेन्सले मलाई बोक्न अनकनाईदिएको कुराले मलाई बेस्सरी दुखेको थियो भित्र कतै,रोग लागेको रोग त निको हुन्छन त्यो खाले तिरस्कारले मुटु घोच्ने रहेछ मुटु भन्दा अझै धेरै ठाउंहरुमा दुख्ने रहेछ।मानिसले एम्बुलेन्सलाई परोपकारी साधनका हिसाबले बुझेका हुंन्छन एम्बुलेन्स किन्न रकम संकलन सहयोगका लागि भनेरै कत्ती पुजा लगाउंछन कत्ती धेरै सहयोग अपिल प्राथना अनुरोध गर्छन र पैसा उठाउछन हामि पनि दिल खोलेर सकेको सहयोग पनि गर्छौं आफुं चढिएला नचढिएला आफुं जस्तै कोहि अरुलाई सहयोग हुंन्छ ठानेरै जे जस्तो हैसियत हुंन्छ सोही बमोजिमको आर्थिक सामाजिक मद्दत गर्छौ।मैले पनि थुप्रै पटक सहयोग गरेकी छु आर्थिक तथा सामाजिक रुपले म काम गर्ने संस्थाको माध्यमबाट जे जस्तो अवसर जुर्यो मैले सक्ने जति मद्दत गरेकै छु यसरी बिरामी बोक्ने भनेर नाम बेचेका बहानहरुले म प्रती गरेको तुच्छ व्यवहारले मलाइ निर्घात चोट पुरायो म रोएं पिल्ल आशु झारें आमाले देख्लिन भनेर छिटछिटो सम्हालिएं।आमाले भाइ जति पैसा भने पनि दिन्छौ अबेर भयो हामी आईमाई केटाकेटी मात्रै छौं भने पछि ड्राइभरले उस्लाई पुग्दो पैसा भन्यो आमाले हुंन्छ भन्दिनु भयो।आमालाई डर लागेका कुरा आमालाई कोरोना भाईरस बोकेको एम्बुलेन्स गाउं भित्र पस्दियो भने आमालाई लखेट्छन मलाई दुख दिन्छन अनेक थोक भन्छन भन्ने पनि थियो पक्कै!माहोल पनि त्यस्तै छ सामाजिक संजालहरुले कोरोना ब्यापारलाई यति धेरै पकडको बनाएका छन कि जोस्ले जे लेखिदिए त्यै सत्य हो भन्नेमा छन आम जनता। पढेलेखेका एकाध मानिसले बोलेका नकारात्मक कुराहरु त झन दिब्यास्त्र जसरी सुन्न लालायित छन सबैजना।आमाले भनें जस्तै ड्राईभरले एम्बुलेन्स लगेर मेरो माइतीको आगंनमा अडिईदिए केही बेर अनि केही बेरमै बा ले पैसाको हिसाब गर्दिनु भए पछि बाटो लागे।एम्बुलेन्स हिड्यो मलाई अचम्म के लाग्यो भनें त्यो आगनमा केबल मेरा बा मात्रै उभिनु भएको थियो मेरो घर घरका भित्ता पाली झ्याल ढोका घर छेउको टौवा टौवाका पराल गोठ गोठ भित्रका दुई चार बस्तुहरु मात्रै उभिएका थिए त्यती बेला त्यसरि म माइत पुगेका बेला चरा किरा फट्यांग्रा भुसुना देखि कुकुर बिरालो सम्म धुरिएको देख्थे मेरा वरपर कुनै बेला।माया र आत्मीयता भन्ने कुराको कुरालाई यसरी खुम्च्याउंन सक्ने रोग साच्चै अजिबको रोग देखियो संसारमा संसारै मेरो हो भनेर मुठ्ठी कसेर हिड्ने गरेका मानिसहरुलाई बन्द कोठा भित्र कैद गर्दियो।आंगनमा उभिएका बा हाम्रा नजिकै आउंन खोज्दै हुंनुहुन्थ्यो आमाले परै बस्नु भन्दिनु भयो किन छोईन पर्यो भन्दिनु भयो। बिचरा छोरी भेटन मन मनै दौडिएका मेरा बा का मन मनमनै थ्याच्च भुईमा बसे।मैले बा भन्दा नभन्दै बा ले नानी भन्नू भयो मैले हजुर भनें बा ले कस्तो छ सोध्नु भयो मैले ठिक छु बा अलिकती आँसु खसालेर भने अलिकति आँसु पुछेर पनि भने।बहुत मज्जा आउंछन कहिलेकाही आँसु खसाल्दै बा भन्न अनि कहिलेकाहीँ आँसु पुच्छ्दै आमा भन्न मैले त बिर्सिएछु पनि म त कोरोना पोजेटिभ देखिएकि महिला पो हुं त केहि दिनका लागि त अब श्राप बोझ कांडो सबै कुरा।मलाई आँसु खसालेर पुगेकै थिएन बा ले हिंड भित्र जाउ भन्नू भयो मैले कता भित्र भने एकै स्वरमा भने भित्र पस्नु हुंदैन नि बा भनें।अरुले नआईज भनेर भन्दिए पछि नजानु भन्दा आफुंले नगईदिने हो भनें दुख्न परेका ठाउंमा थोरै दुख्छन त्यो माइत हो मेरो मलाई नजा भन्न त्यो घरले सक्थेन तर मलाई किन घर भित्र हुलिस भन्न सक्ने त्यै घर छेउको अर्को घर हुंन सक्छ।मैले बा तपाईहरुलाई पनि खतरा बन्न सक्छ भनें बा ले त्यसपछि केहि बोल्नै सक्नु भएन बा ले बरण्डा पट्टिको आफ्ना कोठा नजिकै पर्ने कोठामा मेरो बिस्तारा तयार गर्दिन भन्नू भयो आमाले एउटा पुरानो ड्स्ना र सिरानी म बस्ने भनेको कोठाको खाटमा बिछ्याईदिएर निस्कनु भयो म बोल्दै नबोली आमाले विछ्याइदिएको ओछ्यानमा पुगेर पल्टिए।एउटा समय थियो म भर्खर रजस्वला भएका दिन त्यसरी नै त्यै कोठाको त्यस्तै ओछ्यानमा ढलेको थिए ती बेला पनि छुंन त मैले कसैलाई पाएको थिइन।महिलाले नछुंन पर्ने बेला आई रहंदा रहेछन जीवन भर रजस्वला सुत्केरो यसै जुठा थिए कोरोना त झन अभिसाप पो भयो त यति बेला।
मानिस एक्लो भए पछि यसरी एक्लो हुंदो रहेछ उस्का वरपरका संसार उ सङ्गै हुंन्छन तर पनि उस्लाई कोहि सङ्ग भएको जस्तो लाग्दै लाग्दैन रहेछ।मानिस एक्लो भए पछि यसरी एक्लो हुंदो रहेछ उस्का घर परिवार आफ्न्त उस्का साथिभाइ छर छिमेक सबै भएर पनि उस्को कोहि नभएको जस्तो हुंदो रहेछ।एक्लो पन आफैं सङ्ग सुरु भएर आफैंमा सकिने कुरा हुंन मलाई यसरी म एक्लो छु भन्न परेको या मैले म एक्लो भएको कुरा सोच्न परेको केही थियो थिएन तर म क्वारेन्टाइन बस्ने कोठामा पस्दा नपस्दै बुवाको मोबाइलमा बजेको फोनको घन्टी पछी मलाई म कता हराएं हराएं।फोनको आवाजले छोरिलाई किन घर ल्याएको भनेको मेरा कानले ठ्याक्कै सुन्यो मलाई उत्ति बेलै केहि जबाफ फर्काउन मन थियो तर त्यो मनलाई मैले मेरो मन सङ्गै बसि रहन आग्रह गरें मैले बाधें आफुंलाई सम्हालें।फोनको आवाजलाई बुवाले छोरिलाई अस्पतालले घरै लगे पनि हुंन्छ भने पछि घर ल्याएको हुं भन्दिनु भयो त्यस्तो आत्तिन पर्ने केही पनि छैन हामी सबै सजक नै छौं भन्दिनु भयो। मैले बिचार गरि रहेकी थिए बुवा सार्है मसिनो आवाजले फोनको मानिस सङ्ग कुरा गर्दै हुंनुहुन्थ्यो त्यस्तै मसिनो आवाज जस्तो मसिनो आवाज सुंने पछि बच्चो निदाउंछ रोगी फकिन्छ आफ्ना दर्दहरु भुल्छ प्रेमी शालिन बन्छ आकाश उज्यालो हुंन्छ ताराहरुमा शितलता भरिन्छन।बुवाको मसिनो आवाजको रहस्य मेरो कान थियो मैले सुन्दिएला भन्ने डर थियो।फोनको आवाजले फेरि के भन्यो बुवाले तपाईहरु नडराउनुस भन्दिनु भयो त्यस्तै बिस्तारै भन्दिनु भयो र फोन राख्दिनु भयो।फोन राखियो तर अर्को घन्टि बज्यो बुवाले अर्को जबाफ फर्काउनु भयो र फोन राख्दिनु भयो फेरी अर्को फोनको घन्टि बज्यो फेरि अर्को जबाफ फेरि घन्टि बा बन्न त्यति सजिलो कहाँ हुंदो रहेछ र पुरुषहरुलाई हामी महिला एक पटक आमा बने पछि जिवन भर आमा बनी रहन्छौ पुरुषहरुलाई जीवन छौंन्जेल बा बनी रहन पर्छ यसरी।बुवालाई फोनको घोचपेच भन्दा बढी चिन्ता मेरो कानको लाग्यो विचरा नानी निदाएकि छैन बा लाई राम्रो थाहा छन म बा को कांधमा उफ्रेर कुदेर हिड्ने बेला देखिकै अबेर निदाउने मानिस झनै कोरोना भए पछिको मन मस्तिष्क सहि ठाउंमा नरहे पछि निद्रा त परको रहि गए।बा को फोन बज्न छोडे पछि मैले बा लाई बा भनेर बोलाए बा ले तुरुन्तै हजुर छोरी भन्नु भयो मलाई के भनम त्यस पछि आउँदै आएन।म 27 बर्षको भएछु त्यै गांउमा 27 सय पटक डुलेको हिँडेको करिब 27 हजार पटक यो गाउंका कुलेसा खोल्सा खोल्सिहरुमा कुदे लडे पछारिए उठे हुंला त्यस्तै अर्को 27 लाख पटक मैले त्यो गांउको नाम मेरा नाम सङ्ग जोडेर मेरो गामको नाम फलानो गाम भनेको छु हुंला माइला दाइ मेरा दाइ हुंन पल्ला घरे तल्ला घरे सिरान घरे पुच्छर घरे काका मेरा काकाहरु निर्मल मेरो दौतरी हो अजय सन्जिब बिनिता पुस्पा कमल सौगात सबै मेरा सखाहरु हुंन कमल त म सङ्ग बिहे गर्छु पनि भन्थ्यो म सत्ताइस बर्ष पुग्न 22 बर्ष बाकि् छौन्जेलका उमेरहरु देखिकै सङ्गै खेल्थ्यो कमलकि आमाले मलाई बाटोमा भेटाएकी बेला बुहारी भन्थिन म लाजले भुत्तुकै हुंन्थे बुहारी भनेको के हो मलाई थाहा त थिएनन तर कमल सौगात पुस्पाहरुले पुतलिका मान्छेहरु बनाएर खेलेका बेलामा मलाई दुलही बनाई दिएका थिए अनि कमललाई दुलहा मैले लाज मानेको कुरा कमलले आफ्ना आमालाई पनि सुनाएछ भन्नी कुराले थियो।यो गाउंमा मैले सास फेरेको यस्तै सत्याईस करोड अरब खरब पटक भए होलान अरु कति फेर्छु फेर्दिन तर यो ठाउँ मलाई मेरो हो जस्तो लाग्थ्यो त्यस्तै मेरो जस्तो म सुति रहेको बिस्तारा मलाई मेरो लाग्छन त्यस्तै आफ्नो जस्तो मेरो आगंनको डिल मलाई मेरो हो भन्ने लाग्छ्न।मैले बा लाई फेरि बोलाएँ बा सुत्नुस अबेर भयो भनें बा ले तिमि सुत छोरी मलाई निद्रा लागेको छैन भन्नु भयो मैले अघि फोन गर्ने को थिए बा भनें बा ले कमलको बा भन्नू भयो मैले सोध्न नभ्याउंदै भन्नू भयो।मानिस एक्लो भएको कुरा उस्लाई मात्रै थाहा हुंन्छन जति हुन्छन मानिस एक्लै भए रहेका कुरा उ आफैले मात्रै बुझ्छ जति बुझ्छ बा ले कमलको बा भन्दिए पछि मलाई यत्ती नमोजा लाग्यो त्यसरी म अन्मिएर मेरो बा को घर देखि बिदा भएर गएको दिंन पनि लागेको थिएन।मेरो एक्लो पन त्यस पछि सुरु भए जस पछि कमलका बा ले उन्को दुलहीको दुलही उनी देखि खोसेर लगिदिए।कमल कोहि पनि होइनन मेरा मैले बिताएको बच्चपनको एउटा अंश मात्रै हो मैले एक्लो पनको अनुभूति गर्नु पर्ने कुरा केही पनि थिएनन त्यसरी तर कमलहरु टाढिएका कुरा मलाई म सङ्ग मेरो समय टाढिएछन भन्ने लागेको मात्रै हो। गाउंलेले फोन गर्ने कुरा स्वभाविक कुरा थिए कोरोनाको डर बिकराल छ तनाब उस्तै छ सबै तिर केबल मेरो चाहाना फोनको आवाजले छोरी घर किन ल्याएको भन्दिनु हुंदैन थियो मेरा आशाहरु त्यैं बाट भत्किए जहाँबाट मैले आफ्नोपनको आश गरेको थिएं।मलाई मेरो अस्तित्त्व मेरै गाउंलेहरुले र मेरा परिवारहरुले स्वीकार्दिएन भनें बाकिं कस्ले स्विकारी दिन्छ म मेरो ठाउंको भईन भने अरुका ठाउँहरु मेरा कसरी रहने छन होलान।
मेरो क्वारेन्टाइन सुरु भए देखि सबै भन्दा बढि गार्हो मेरी आमालाई भयो त्यस्तै गार्हो जस्तो गार्हो उन्लाई म उन्को पेट भित्र हुंदा भएका थिए कुनै दिन।म त्यति नै सानो बनेछु बा आमाका नजरमा जति सानो म उन्का पोल्टामा हुंदा थिएँ।आमा बिहानै उठ्थिन एक गिलास तातो पानी तताएर दिन्थिन छोरी बाफ लिग भन्थिन तातो पानि खाउ ज्वरो अझै छन होलान धेरै बेर नसुत खोकीले छोडेकै छैन अदुवा चबाउ आमालाई ओखती पनि कति धेरै थाहा भएका मैले सप्पै कुरा खाई सके आमा भन्दिए पछि आमालाई मैले नखाईदिएको जस्तो लागि रहने।म फुस्रो भएछु अनुहार सुकेछन चमक हराएछन मैले कपाल कोर्न बिर्सिएछु पुतलीका मान्छेहरु समाएर कुद्ने गरेका उमेरमा पनि म आमालाई आमा तपाईको लिपिस्टिक दिनुस न भन्थे आमा के गर्छौ छोरी मेरो लिपिस्टिक भन्नू हुंन्थ्यो म दुलहिलाई लगाई दिन्छु भन्थे आमाले बिर्सनु भएकै रहेन्छ आमाको सप्पै ओखती सक्किए पछि पनि मैले लिपिस्टिक लाउंन पर्न कुरा त्यसै बाकिं बसेछन।बिहान खाना सबेरै पाक्छन हाम्रा घरमा घर त मेरो अन्तै भए अचेल यो आमाको घर हो मेरो भाईको बा को घर हो बा लाई सबेरै भात चाहिन्छ्न सधै बिहान सबेरै भात खाएर बा को गाउँ डुल्ने आदत छ म क्वारेन्टाइन बस्दिनाले आमाको भात अबेर भयो बा को गाउँ डुल्न जांने मेसै हरायो।भाई तब तक मेरो भाइ हो जब तक उ एक्लै छ उ एक्लो हुंन छोडे पछि उ कसैको हुंन्छ हुंनु पनि पर्छ दिदी भाईको माया त्यसरी हराउंदैनन जसरी म कसैको भएर गए पछि मेरो हराएन भाइ सबेरै उस्का दुनियाँ चाहार्न निस्कन्छ उस्को आकाश उडेर उस्लाई थकाई लागे पछि उस्को गुणमा फर्किन्छ म क्वारेन्टाइन बस्दिए पछि भाईका पखेटा काटिए।मलाई बिस्तारै ज्वरोले छोड्यो बिस्तारै खोकी कम्ती हुँदै गए।मेरा बचेराहरु म देखि पर भएका कुरा मेरा मनलाई थाहा होलान सार्हो गार्हो कती छन भनेर उन्लाई गार्हो भएका कुरा भिडियो कलले भन्दी रहन्छ।बच्चाहरु च्यापेर बर्बराएका छोरा मानिस साच्चै उदेक लाग्दो देखिने रहेछन भुराहरु रुन्छन मलाई भिडियो कलमा देखेर घर आइजा भन्छन बिचरा उन्को हातलाई आँसु पुच्छदिने कसरी पनि मेसै पाउंदैन।कोरोना मजाकको बिषय पक्कै होइन कसैका लागि पनि कोहि एक जना परिवार भित्र सक्रमणमा पर्यो भनें परिवारका सदस्यहरु सबैलाई दुख दिन्छ।आर्थिक रुपले सक्रमण घटाउन प्रयोग गरिने दबाईहरु बेस्सरी महंङ्गा भावनात्मक पाटो उस्तै पेचिलो न छुंन पाइने कसैलाई न कसैको सम्पर्कमा रहन।छुंन पाइंने हुंन्थे भने मेरो आमालाई मलाई म समाएर रुन त्यति नै मन होलान जति मलाई मेरा बालखा समाएर रुन मन छन बेस्सरी।बा रुन मिल्दैन पुरुष हुंन उनी त्यसै रुदैनन बालखा स्याहार्न परेका कुराले रुनैं दिदैन उन्लाई,मेरो भाई रोएको कस्तो हुंन्छ मैले उस्लाई उस्को समयले कुटेका बेलामा मात्रै देखेको छु।बा का चार सन्तान हौं हामिहरु बहिनिहरु भन्दा माथिको म बा ले मलाई जत्ती आफ्नो र आत्मीयको उनिहरुलाई कहिल्यै गर्नु भएन म पहिले जन्मिए पहिले हुर्किए पहिले ठुलो भए पहिले घर छोडें माया पाउंने पैलो सन्तान यसरी बन्दै बनाउंदै लग्यो समयले कि बा ले सधै सप्पै कुरा मेरा लागि सुम्पदैं जानू भयो।म ऋणि छु यसै मलाई संसार देखाईदिने मेरा बा आमाहरु प्रती क्वारेन्टाइनले मलाई अबिभारा कति छन फेरि भन्दियो आमा रुदै गरेको आँसु किन रुन्छिन मैले फेरि थाहा पाएं फेरि बुझें फेरि मनन गरे भाईले दिदी भनेको शब्दमा भएका कारुणियता फेरि ताजा भएर आयो जति ताजा बुटामा फलेका फलहरु हुंन्छन उज्यालो हुंदाका बिहानहरु हुंन्छन।म धन्य छु त्यि सबै मनहरु प्रती जस्ले मेरो अस्तित्वहरुलाई निर्बाध रुपले मान्दी रहयो म भित्रका मेरा भावनाहरु प्रती यसरी हार्दिकता देखाई रहयो।खास गरि त्यो मनलाई सप्रेम एउटा मिठो माया र मिठो सलाम जुंन मनले मलाई म भनेर बुझिरहेको हुंन्छ कतै दुर कतै नदेखिने कतै मैले छुंन भेट्न देख्न पनि नसक्ने उसैको उस्को शहर बाट।म बाचें भने बाचुन्जेलिका मेरा सबै कुरा समर्पित सबैलाई जस्का भागमा जे छु त्यसरी नै बाडिएंर आमा छोरी दुलही दिदी अनि एउटा मीठो प्रेम र प्रेमको अनुभुतीहरु सबै सवै सवै सबैको आखिर म भएको पनि यिनैको लागि न हो मेरो लागि त उ छ उसैको शहरमा।
sushma Mainali............
What is bussinus???
A business is defined as an organization or enterprising entity engaged in commercial, industrial, or professional activities. ... The term "business" also refers to the organized efforts and activities of individuals to produce and sell goods and services for profit.
type's of bussinus-
1- traditional bussinus
2- sells men bussinus
3- franchise bussinus
4- direct selling bussinus